|

सुनसरी : इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्ती चढेको बसले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ। धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नम्बरको बसले ठक्कर दिँदा को २ प ६५१४ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले बताएको छ । 

मङ्गोलियन अनुहारका मोटरसाइकल चालकको शव क्षतविक्षत भएको र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। बसका चालक धनकुटाको बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.