|

एजेन्सी : गन्तव्यमा पुग्‍न आतुर यात्रुहरुका लागि लामो दुरीको फ्लाइटमा समय बिताउनु पीडादायी अनुभव हुनसक्छ। चालक दलका सदस्यले पनि यही फ्लाइटमा यात्रा गर्ने हो।

तर उनीहरुका लागि यस्तो यात्रा पेशा हो। त्यसैले व्यवसाहिक हुन र आफ्ना दुख लुकाएर भएपनि हाँसिराख्‍न उनीहरुले तालिम लिएका हुन्छन्।

अहिले भर्जिन अस्ट्रेलिया नामक एयरलाइन्सले केही दुर्लभ फोटोहरु सार्वजनिक गरेको छ। यी फोटो हेरेपछि चालक दलका सदस्यहरु अन्तर्राष्ट्रिय एयरलाइन्समा कहाँ सुत्छन् र के गर्छन् भन्‍ने थाहा हुन्छ।

अस्ट्रेलियाबाट अमेरिका जान लामो यात्रा तय गर्नुपर्छ। त्यसैले पाइलटसहित चालक दलका सदस्यले यति लामो यात्राका लागि प्लेन अपरेट गर्न पर्याप्त आराम समेत गर्नुपर्ने हुन्छ। भर्जिनले बोइङ ७७७-३०० इआरको बोर्डमा सुतिरहेका क्याबिनका कर्मचारीहरुको फोटो सार्वजनिक गरेको छ।

चालक दलका सदस्यहरुको गोप्य जीवन यी फोटोहरुले बाहिर ल्याएका छन्। यस्तो कक्षमा चालक दलका सदस्यबाहेक यात्रुहरुले कहिल्यै पाइला राख्न पाउँदैनन्।

' गन्तव्यमा पुग्‍न १५ घण्टाको अवधिसम्म लाग्‍न सक्छ। त्यसैले हाम्रो फ्लाइटका क्याबिन क्रुका लागि यसबीचमा आराम आवश्यक छ। यसरी आराम लिएपछि पाहुनाहरुलाई राम्रो सत्कार गर्न तथा फ्लाइट अपरेट गर्न उनीहरुलाई सहज हुन्छ,' एयरलाइन्सले भनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.