|

काठमाडौँ : वैशाख ३१ गते पहिलो चरणमा तीनवटा प्रदेशमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि मंगलबार मनोनयन हुनेछ। निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकेको छ । प्रदेश नम्बर ३, ४ र ६ मा पर्ने ३४ जिल्लाका २८३ वटा स्थानीय तहमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट आयोगले तोकेको समयभित्र मनोनयन बुझाउनुपर्नेछ। मनोनयन पेस गर्दा उम्मेदवारले उम्मेदवारी दर्ताका लागि आयोगले बनाएको नियम पालना गर्नुपर्नेछ।

के छ आयोगको नियममा?

आयोगले तयार गरेको नियमावलीको नियम ५ अनुसार उम्मेदवार हुन योग्य व्यक्तिले प्रस्तावक र समर्थकमार्फत् बैशाख १९ गते उम्मेदवारी दर्ता गर्नुपर्नेछ। उम्मेदवारी दर्ताका लागि उम्मेदवारलई प्रस्तावक र समर्थक आवश्यक पर्नेछ र उनीहरूले पनि छुट्टाछु्ट्टै फारम भर्नुपर्नेछ। प्रस्तावक र समर्थकसहित आएको उम्मेदवारको मनोनयन-पत्रलाई निर्वाचन अधिकृतले फारम भरेर प्रमाणित गर्नुपर्नेछ।

राजनीतिक दलको तर्फबाट उम्मेदवार हुने व्यक्तिले भने उम्मेदवारी दर्ता गर्दा सम्बन्धित दलले उम्मेदवार हो भनी दिएको औपचारिक पत्रसमेत पेस गर्नुपर्नेछ। दलीय उम्मेदवारले सम्बन्धित दलबाट प्राप्त औपचारिक पत्रको एक प्रति निर्वाचन अधिकृतलाई बुझाउनुपर्नेछ। नियमावलीको नियम ५ को उपनियम ५ अनुसार मनोनय-पत्र दर्ता गर्न अध्यक्ष, उपाध्यक्ष, प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा वडा सदस्य र गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला र दलित वा अल्पसंख्यक सदस्य र जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्यका उम्मेदवारले धरौटी खातामा जम्मा गरेको बैंक भौचर वा नगदी रसिद पेस गर्नुपर्नेछ।

मनोनयन-पत्रका साथ उम्मेदवारले पेस गर्नुपर्ने अनिवार्य कागजातहरू

  • नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
  • सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेस भएको निस्सा
  •  दलित महिला वडा सदस्य पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाले दिएको दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा
  •  अध्यक्ष, उपाध्यक्ष प्रमुख र उपप्रमुखको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कुनै वडाको मतदाता नामावलीमा नाम समावेस भएको निस्सा
  • गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको महिला सदस्य पदको लागि सम्बन्धित गाउँसभा वा नगरसभाको सदस्य रहेको निस्सा
  • गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यको पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेस भएको निस्सा
  •  गाउँ कार्यपालिका, नगर कार्यपालिका वा जिल्ला समन्वय समितिको दलित वा अल्पसंख्यक सदस्य पदको लागि सम्बन्धित गाउँपालिका वा नगरपालिकाले दिएको दलित वा अल्पसंख्यक समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा।

 जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्य पदको लागि सम्बन्धित जिल्लाभित्रका गाउँसभा वा नगरसभाको सदस्य रहेको निस्सा।

कसरी गर्ने उम्मेदवारी दर्ता?

स्थानीय तहमा उम्मेदवार बन्न चाहने व्यक्तिले पहिले यो फारम भर्नुपर्छ।

उम्मेदवारको प्रस्तावकले भर्नुपर्ने फारम

मनाेनित उम्मेदवारले भर्ने फारम 

 

प्रस्तावक र समर्थकसहित उम्मेदवारले भर्नुपर्ने फारम

मनाेनयन-पत्र निर्वाचन अधिकृतले प्रमाणीकरण गरेपछि मात्रै उम्मेदवारको मनोनयन हुनेछ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.