|

चितवन : पुरानो कथावस्तुमा आधारित चलचित्र  ‘पञ्चायत’ टिजर रिलिज गरिएको छ। ग्रामीण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पञ्चायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्। चलचित्रको सार्वजनिक टिजर विशेष गरेर चलचित्रमा सामवेशसँगै निता ढुंगाना, जाहान्वी बस्नेत र सरोज खनाललाई देख्न सकिन्छ। 

१८ जेठमा चितवनमा रेड कार्पेट प्रिमियरसँगै जुनको अमेरिका रेड कार्पेटलगायत विभिन्न देशमा प्रदर्शन र अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलहरुमा सहभागी गरिने  भएको छ। यस चलचित्रमा सरोज खनाल र निता ढुंगाना मुख्य भूमिकामा छन् भने रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको अभिनय रहेको छ।

चलचित्र  १८ फागुनमा रिलिज गरिने छ। सञ्चारकर्मी  रवि अधिकारी कार्यकारी निर्माता रहेको यस चलचित्रलाई गणेश गिरीको प्रस्तुतिमा सुशान्त श्रेष्ठ र शंकर सुवेदीले निर्माण गरेका हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.