|

नवलपरासी : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दुमा मंगलबार ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ३७७९ नंको ट्रकले बाटामा ठेला लिएर हिँडिरहेका सोही ठाउँ निवासी अन्दाजी ४० वर्षीय सागर पोख्रेलको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटना मध्यविन्दु नगरपालिका–११ अरुणखोला पुलनजिकै भएको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.