|

काठमाडौं : शिव श्रेष्ठको स्वरमा रहेको 'गल्ती मेरो' बोलको गीत सार्वजनिक भएको छ। युट्यूब मार्फत सार्वजनिक भएको उक्त गीतको भिडियो 'गल्ती मेरो' एल्बमको शिर्षक गीत हो।

अष्ट्रेलियामा छायांकन गरिएको गीतको भिडियो सुरेन श्रेष्ठले निर्देशन गरेका हुन्। जसमा रुबिना श्रेष्ठ, अजय तामाङ, दिलिप पौडेल लगायत कलाकारको अभिनय रहेको छ।

भिडियो निर्माणमा धेरै मिहिनेत लागेको र आकर्षक बनाइएको गायक श्रेष्ठले बताएका छन्।

गीतका शब्द विक्रमराज श्रेष्ठका हुन् भने अमिर श्रेष्ठको कम्पोज रहेको छ।

स्याटप्रो ईन्टरन्नमेण्टले युटयुबमा सार्वजनिक गरेको गीत पप मेलोडी शैलीको छ। गीतमा विदेशमा रहेका नेपाली विद्यार्थीको जीवनमा आधारित रहेर तयार पारिएको गायक श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.