|

च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमीफाइलनको पहिलो लेगमा विपक्षी मोनाकोलाई उसकै घरेलु मैदानमा २-० ले पराजित गर्दै युभेन्टसले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

गएराति सम्पन्न खेलमा युभेन्टसका लागि गोञ्जालो हिगुइन नायक सावित भए। दुवै गोल उनले गरेका हुन्। पास भने ड्यानी आल्भेजले मिलाएका थिए। युभेन्टसले क्वार्टरफाइनलमा बार्सिलोनालाई समग्रमा ३-० ले निरास पारेको थियो।

यसअघि पहिलो सेमीफाइलनलमा रियल मड्रिडले छिमेकी प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडलाई ३-० ले पराजित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.