|

धनुषा : जानकी नवमीको अवसरमा सरकारले धनुषा र महोत्तरीमा अाज विदा दिने निर्णय गरेको छ। यो क्षेत्रकाे ठूलो उत्सवका अवसरमा गृहन्त्रालयले दुई जिल्लामा  बिदा दिने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाइँले जानकारी दिए। 

जानकी नवमी जनकपुर क्षेत्रमा राम नवमीपछिको ठूलो पर्व हो। यो उत्सव रामनवमीको एक महिनामा वैशाख शुक्ल नवमीका दिन मनाइन्छ। त्रेतायुगमा यसै दिन जनकपुरमा सीताको जन्म भएको विश्वास गरिन्छ। जानकी नवमी जनकपुरको प्रसिद्ध दूधमती नदीमा नुहाई जानकी मन्दिरमा पूजापाठ गर्दा मनले चिताएको फल पाइने जनविश्वास छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.