साहित्य

गजल
SHARES

बैशाख २१, २०७४


    तिमी कृष्ण हौ कि राम थाहै पाइएन
    छाया असल हो कि घाम थाहै पाइएन

    कहिले चक्काजाम हुन्छ, कहिले सडकजाम
    कसले गर्छ यस्तो काम थाहै पाइएन

    आफूसँग भा’कै कुरा, अझै थप्नलाई 
    किन लाग्छ सधैँ लाम थाहै पाइएन

    डोको–नाम्लो नबोक्दा नि, मेरो निधारमा
    कसरी पो बस्यो डाम थाहै पाइएन

    हिजोसम्म ठीकै थियौ, तर आज किन ?
    तिमी हिँड्यौ बेलगाम थाहै पाइएन

    खुसी किन्न खोजेको थेँ, थोरै भए पनि
    कति पो हो त्यसको दाम थाहै पाइएन।

ललिजन रावल

स्रष्टा रावल नेपाली साहित्यका कविता र गजलका क्षेत्रमा प्रसिद्ध छन्। चालीसको दशकको सुरुदेखि नै नेपाली गजलको विकासमा सक्रिय रावलका 'केही गजलहरू', 'विरानो यो ठाउँमा', 'सिरानीमा अाँसु', 'एउटा बन्द खाम'लगायत गजल र कविताका कृति प्रकाशित छन्। उनको सुन्ने गजलको सीडी पनि प्रकाशित छ। स‌युक्त गजलकृतिको सम्पादनमा पनि उनको विशेष क्रियाशीलता रहँदै आएको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]