|

अमेरिकी सेनामा कार्यरत एक महिला फोटोग्राफरले आफ्नै मृत्युको कारक बनेको क्षणको फोटो खिचेकी छन्। २२ वर्षीया हिल्डा क्लेटनले उनी स्वयं र चार अफगान सैनिकको मृत्युको क्षण फोटोमा कैद गरेकी हुन्।

अमेरिकी सेनाले जारी गरेको विज्ञप्तिअनुसार सन् २०१३ जुलाई २ मा सैन्य प्रशिक्षणका बेला भएको बम बिस्फोटमा परेर क्लेटन र चार अफगान सैनिकको मृत्यु भएको उल्लेख गरेको छ। उक्त घटना अफगानिस्तानको पूर्वीप्रान्तको लघ्मनमा भएको थियो।

अमेरिकी सेनाले बिस्फोटमा मारिएका एक अफगान सैनिकको फोटो प्रकाशित गरेको छ, जो क्लेटनलाई फोटोग्राफ सिकाइरहेका थिए। यी फोटा र विवरण घटना भएको ५ वर्षपछि अमेरिकी सेनाको पत्रिका मिलिट्री रिभ्युमा प्रकाशित गरिएका हुन्। यी फोटाहरु क्लेटनको परिवारको अनुमतिपछि प्रकाशित गरिएका हुन्।

मिल्ट्री रिभ्युले क्लेटनको मृत्युले महिलाहरु पुरुषसरह लडाइँमा जान र खतरानाक परिस्थितिको सामना गर्न पनि तयार हुन्छन् भन्ने देखाएको उल्लेख गरेको छ। यो घटनापछि अमेरिकी रक्षा मन्त्रालयले क्लेन्टनको नाममा सेनालाई फोटोग्राफी अवार्ड र तालिम दिने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो खबर साच्चिकै हो जस्तो लाग्दैन बम मा मारिएका मानिसले कसरी फोटो खिच्न सक्छन ?