|

एजेन्सी : बेलायती महारानी एलिजावेथका श्रीमान् राजकुमार फिलिपले सार्वजनिक जीवन त्याग गर्ने घोषणा गरेका छन्। ९६ वर्षका फिलिप अब कुनै पनि सार्वजनिक कार्यक्रममा नदेखिने किङ्घम दरबारले जनाएको छ।

डुक अफ इडिनवर्ग समेत रहेका फिलिपले ६५ वर्षदेखि महारानी एलिजावेथलाई राज्य सञ्चालनमा सहयोग गर्दै आएका छन्। उनीसँग ७० वर्षअघि विवाह गर्दा एलिजावेथ द्धितिय महारानी बनिसकेकी थिइनन्। यो जोडीले आगामी नोभेम्बरमा आफ्नो विवाहको ७० औं वार्षिकोत्सव मनाउँदैछ।

श्रीमानले सार्वजनिक जीवनबाट सन्यास लिने घोषणा गरेपनि महारानी एलिजावेथले अझै आफ्नो जिम्मेवारी निभाउनेछिन्। ९१ वर्षीया महारानीले शाही परिवारका अन्य सदस्यहरुको सहयोगमा जिम्मेवारी निर्वाह गर्नेछिन्। पछिल्ला वर्ष वेलायती महारानी सार्वजनिक कार्यक्रममा कमैमात्र देखिन्छिन्।

'हिज रोयल हाइनेशस, द डुक अफ इडिनवर्गले यसै वर्षबाट सार्वजनिक कार्यक्रममा नदेखिने घोषणा गर्नुभएको छ। यस कार्यमा उहाँलाई महारानीको पूर्ण समर्थन छ,' बकिङघम दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ,' अगस्टसम्मका लागि घोषणा गरिएका कार्यक्रममा उहाँ सरिक हुनुहुनेछ। करिब ८ सय संस्थाको संरक्षक अध्यक्ष र सदश्य रहेका फिलिप २०१६ मा  १ सय १० दिन विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसपछि उहाँले कुनै पनि सार्वजनिक निमन्त्रणा, भ्रमण र कार्यक्रम स्विकार गर्नु भएको छैन्। यद्यपी उहाँलाई मन लागेको खण्डमा सीमित सार्वजनिक कार्यक्रममा बेला-बेला सहभागि हुन सक्नुहुनेछ।' वेलायतको राजसंस्था अष्ट्रेलिया क्यानाडा लगायत डेढ दर्जन भन्दा बढी देशको नेतृत्वदायी संस्था हो । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.