|

काठमाडौं : विश्व फुटबल महासङ्घ (फिफा) वरीयतामा नेपाल तीन स्थान तल झरेको छ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झर्दै १७३ औँ स्थानमा रहेको हो। नेपालको ११० अङ्क रहेको छ। त्यस्तै भारत एक स्थान सुधार गर्दै १०० औँ स्थानमा बढुवा भएको छ। तीन सय ३१ अङ्क जोडेको भारत दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा उच्च स्थानमा छ।

त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १५२ औँ स्थान, भुटान १६४ औँ स्थानमा यथावत् छ भने बङ्गलादेश १९३ औँ स्थानमा छ। त्यस्तै श्रीलङ्का १९७ औँ तथा पाकिस्तान २०१ औँ स्थानमा छ। विश्व वरीयतामा ब्राजिल शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा जर्मनी तेस्रो स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.