|

काठमाडौं : दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म 'लालटिन' को ट्रेलर सार्वजनिक भएको छ। युट्युबमार्फत सार्वजनिक गरिएको ट्रेलरमा रोमान्स, पिडा र एक्सन देख्न सकिन्छ। ट्रेलरमा दयाहाङ राई डनको भूमिकामा देखिएका छन्।

देवकुमार श्रेष्ठले निर्देशन गरेको यो फिल्म जेठ २६ गतेबाट प्रदर्शनमा आँउदैछ।  फिल्ममा अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको छ। फिल्मका प्रस्तुतीकर्ता भानु प्रताप हुन्।

किरण माइकल, धिरज पौडेल र किरण ढकालको संगीत रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराजको नृत्य निर्देशन छ। हरि घले लामाले खिचेको फिल्मलाई अर्जुन जिसी र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।

फिल्ममा प्रियंका कार्की र दयाहाङ राईसँगै अर्जुनजंग शाही, ए गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, केकी अधिकारी, भानुप्रताप लगायत कलाकारको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.