|

काठमाडौं : अर्पण थापाको निर्देशनमा तयार भएको फिल्म 'आधा लभ'को ट्रेलर सर्वजनिक भएको छ। यो फिल्म जेष्ठ २६ गते रिलिज हुने तय छ।

ऋचा शर्मा प्रोडक्सन द्वारा निर्मित उक्त फिल्मकमा अभिनेत्री ऋचा शर्माको लगानी छ। फिल्ममा ऋचा शर्मा, अर्पण थापा, टीका पहरी, मिथिला शर्मा लगायतको अभिनय छ।

ट्रेलर रिलिज कार्यक्रममा अभिनेता तथा निर्देशक अर्पण थापाले ननभेज फिल्म हेरिरहेका दर्शकहरुले यो फिल्ममा भेज फ्लेवर हेर्न पाउने बताए । उनले आफ्नो काम हेरेर प्रतिक्रिया दिन दर्शकसँग अनुरोध गरे।

'फिल्म रिलिज हुनु भन्दा पहिला निर्देशकले धेरै बोल्नु हुन्न। एकै चोटि काम हेरेपछि बोल्ने हो,' ठट्यौली पारामा उनले भने।

हेर्नुस् ट्रेलर : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.