|
फोटो : मणिलाल विश्वकर्मा

लहान : सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुरका आगलागी पीडितलाई बिहीबार राहत सामग्री हस्तान्तरण गरिएको छ।  लहानको बस्तीपुरस्थित दलित संरक्षण अभियान मञ्चले अग्नि पीडित जितु रामको परिवारलाई तत्काल सहयोग पुग्ने गरी एक बोरा चामल र उनको परिवारका छ जनालाई एकसरो लगाउने कपडा वितरण गरेको हो।

मञ्चका कार्यक्रम संयोजक सूर्यनारायण रामका अनुसार आगलागीमा गोठभित्र भकारीमा राखिएको चार क्वीण्टल धान, लत्ता कपडासहितका सामान जल्नुका साथै एक थान गोरुसहित चारवटा खसी बाख्रा जलेर मरेका थिए। त्यसैले तत्कालका लागि चामल र कपडा हस्तान्तरण गरिएको हो। राहत सामग्री इलाका प्रहरी कार्यालय धनगढीका प्रहरीको रोहवरमा हस्तान्तरण गरिएको हो।

सिरहाको धनगढी– लक्ष्मीपुर सडक भवानीपुर खण्डमा पर्ने दलित बस्तीका स्थानीय जितु रामको घर गोठमा मच्छर धपाउन बालेको घुरबाट बिहीबार बिहान करिब साढे २ बजेतिर भएको आगलागी भएको थियो। इलाका प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव निरीक्षक उत्तम कार्कीका अनुसार आगलागीमा घरगोेठमा रहेका अन्नको भकारी, लत्ताकपडा र काठपात जल्दा करिक डेढ लाख मूल्यको क्षति भएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.