|

प्यूठान : प्युठानको सरुमारानी गाउँपालिका २ मा आगलागी हुँदा भागिरथ सुनारको घर गोठ जलेर नष्ट भएको छ। आगोले २० वटा बाख्रा जलेर मरेका छन्। त्यसैगरी २५ हजार नगद, सुनचाँदीका गरगहना र लत्ताकपडा समेत जलेर नष्ट भएको सुनार परिवारले जानकारी दिएका छन्।

बिहीबार राति मध्यरातमा आगलागी भएको थियो। आगोलागीको कारण भने अझैसम्म पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। आगलागीपछि सुनारको परिवार घरवारविहीन बनेको छ। शुक्रबार बिहान मात्रै प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.