|

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालबाट एक बालिका बेपत्ता भएकी छन्। धनुषाको कमला सिद्धिदात्री गाउँपालिका बस्ने दीपक मण्डलकी ६ वर्षीया छोरी रितिका कुमारी मण्डल बेपत्ता भएकी हुन्।

१७ वैशाखदेखि उपचाररत कमला सिद्धिदात्री गाउँपालिका तथा साबिक माची झिटकैया वडा नं. ५ बस्ने दीपक मण्डलकी ६ वर्षीया छोरी खुस्बु भनिने रितिका कुमारी मण्डल अस्पताल शय्याबाटै बिहीबार बेपत्ता भएकी छन्।

बिहीबार दिउँसो अभिभावकहरु केही क्षणको लागि बाहिर निस्कँदा रितिका शय्याबाट बेपत्ता भएको अभिभावकले जनाएका छन्।

हराएकी बालिकाका पिता दीपक मण्डलले भने, ‘छोरी कमजोर अवस्थामा रहेकोले डाक्टरको सल्लाहबमोजिम अञ्चल अस्पतालमा ल्याएका थियौं डाक्टरले शरीरमा रगतको कमी भएको बताएपछि रगत चढाउन लागेको बेला हामी बाहिर औषधी किन्न निस्केको थियौं एकछिनपछि आउँदा छोरी बेपत्ता भएको खबरले अचम्ममा परेका छौं।’

तीन दिनदेखि लगातार उपचारमा रहेकी बालिका आफू औषधि किन्न गएको बेलामा गायव भएपछि उनको घरपरिवार शोकमा डुबेको छ। अस्पतालको पेडियाट्रिक वार्डमा उपचाररत रहेकी रितिकाको बुबा दीपक प्याथोलोजी ल्याबमा रगत तथा औषधि चेक गराउन गएको अर्को कुरुवा उनकी नानी गणपैत्त मण्डल (हजुरआमा) शौचालय गएको बेलामा उनी बेपत्ता भएको बताइन्छ।

उपचाररत अवस्थामा रहेकी बालिकाको हातमा क्यानुला लागेकै अवस्थामा हराएकी जनकपुर अञ्चल अस्पताल अस्थायी प्रहरी पोष्टका हबल्दार सन्तोष सिंहले जानकारी दिए। अञ्चल अस्पतालका मेसु डा. राम परीक्षण यादवले बालिका एनेमियाको बिरामी भएको जानकारी दिएकी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.