|

एजेन्सी : सलमान खान स्टारर फिल्म 'ट्युबलाइट' को टिजर सार्वजनिक भएको छ। टिजरमा सलमान खान फरक-फरक भुमिकामा देखिएका छन्। कतै बच्चाहरुसँग रमाइरहेका छन् त कतै डराएका छन्।

टिजर हेरिरहदाँ कता-कता कुनै दृष्यहरुले सलमानको अघिल्लो फिल्म 'बजरङ्गी भाइजान'को याद दिलाउँछ। टिजरमा सलमानले बोलेको एक डाइलग एकदमै दमदार सुनिन्छ। उनले टिजरमा भनेका छन्,'यकीन एक ट्यूबलाइट की तरह है, जो देर से जलता है, लेकिन जब जलता है तो फुल लाइट कर देता है।'

'ट्युबलाइट'लाई कविर खानले निर्देशन गरेका छन्। 'एक था टाइगर' र 'बजरङ्गी भाइजान' पछि निर्देशक कविर र सलमान खानको यो तेस्रो सहकार्य हो। फिल्म यो वर्षको इद अर्थात २३ जुनमा रिलिज हुदै छ।

के हो त फिल्मको कथा ?

फिल्मको मुख्य कथा सन् १९६२ मा भएको चिन-भारत युद्धको वरपरी घुमेको छ। यो दुई भाईको कथा हो। एक भाई युद्धको बेला हराएको हुन्छ र अर्को भाई त्यसलाई खोज्‍न निस्केको हुन्छ। यो फिल्म त्यही खोजी गर्न निस्केको भाईको कथा हो।  

हेनुहोस् टिजर :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.