भगवानको रुप मानेर पूजा गर्नेको भीड

|

जुम्ला : मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिबाट ल्याइएकी त्रिनेत्र गौमाता हेर्नेको जुम्लामा भीड लागेको छ। गाईका तीन आँखा, तीन सिङ र दुई नाक छन्। यो गाईलाई हेर्न जुम्लामा घुइँचो लागेको छ। भगवान रुप भनेर धर्मप्रति आस्था राख्ने जुम्लाका सयौं मान्छेले गाईलाई दर्शन गर्ने र दानभेटी चढाउने गरेका छन्। २०६८ साल फागुन १६ गते मकवानपुर जिल्लाको हर्नामाडी ७ मा जन्मेकी गौमातालाई भगवान् शिवको दोस्रो रुपमा लिइएको त्रिनेत्र मन्दिर निर्माण समितिका सदस्य सीताराम दाहालले जानकारी दिए।

‘हामीले यो गाईलाई नेपालको पूर्वमा लाग्ने कुम्भमेला, (चतराधाम) काठमाडौं र मध्यपश्चिममा पर्ने दर्जनौं जिल्लामा यसको प्रचारप्रसार गर्दै आएका छौं र यसबाट उठेका दान भेटीबाट मन्दिर निर्माण गरेका छौं’, सदस्य दाहालले भने। घुमेको जिल्ला र ठाउँमा जुम्लाका मान्छेले राम्रो सभ्यता देखाएको उनले प्रशंसा गरे। गाईले दाना र पराल खाने गरेको उनको भनाइ छ।

यसपछि कालिकोट, दैलेख र सुर्खेत जिल्लामा गौमाता देखाउने योजना रहेको उनले बताए। हिमाली जिल्ला भए पनि धर्ममा विश्वास गर्ने मान्छे धेरै भएको उनले सुनाए। यो कसरी भयो भन्ने विषयमा कसैले खोजीनीति नगरेको प्रति दाहालले दुखेसो गरे। दाना भेटी कति भएको भन्ने हिसाब नभएको र फोटोबाट ८ हजार रुपैयाँ भएको उनले बताएका छन्। तीन दिनदेखि जुम्लामा गौमाता देखाउने काम भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.