|

जनकपुरधाम :  उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले परिवर्तनको सबैभन्दा ठूलो वाधक शक्तिको  रुपमा नेकपा एमाले देखिएको आरोप लगाएका छन्। एमालेले संविधान संशोधन, स्थानीय तहको पुनर्संरचना, प्रदेशहरुको पुनर्संरचना लगायत सबै काममा बाधक बनेको बताएका हुन्।

जनकपुरको महावीर युवा कमिटीको कार्यक्रममा गृहमन्त्री निधिले संविधानमा भएको कमी कमजोरीलाई पूरा गरी सरकारले आमूल परिवर्तन ल्याउन चाहे पनि एमालेले संविधान संशोधनमा बाधा उत्पन्न गरी देश र जनतालाई दुर्घटनामा फसाउने षडयन्त्र गरिरहेको आरोप लगाए।

मन्त्री निधिले २०७४ माघ ७ गते सम्ममा तीन वटै निर्वाचन सम्पन्न गराउनु अहिलेको सरकारको प्राथमिकतामा रहेको बताउदै एमालेका कारण संविधान संशोधन प्रक्रियामा पटक–पटक अड्चन उत्पन्न भएकाले सरकारलाई अघि बढ्न असहज भएको बताए।

उनले संघीयतामा प्रादेशिक सरकार अनुसारको संरचना आवश्यक रहेकोमा सो संरचना नभएका कारण जनकपुरधाममा रहेको जनकपुर चुरोट कारखानालाई नै रुपान्तरण गरी प्रादेशिक सरकारको मन्त्रालय स्थापना हुनेमा जोड दिए। उनले जनकपुर चुरोट कारखानालाई निजीकरण गर्नलाई थुप्रै व्यक्तिहरुले सोर्स र फोर्स लगाइरहेको तर आफूले त्यसलाई प्रादेशिक संरचनाका लागि रोकेर राखेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.