साहित्य

चार प्रेमिल मुक्तक
SHARES

बैशाख २२, २०७४

     

    १.

    उसले भनेपछि सुहाउँछ

    पहिरन पनि नाच्छ, रमाउँछ

    उड्नलाई खुला आकाशमा

    यो मनले पखेटा फिजाउँछ।

     

    २.

    टाढा भए पनि मनको नजिक होस्

    उसको लागि मेरो माया अधिक होस्

    अरूको झैं देखावटी हुँदै नहोस् त्यहाँ

     हामी दुईको प्रेम नितान्त मौलिक होस्।

     

    ३.

    मप्रति सधैँभरि बफादार भएर पनि

    हरकुरामा उत्तिकै होनहार भएर पनि

    मुखै फोरेर कहिल्यै पोख्न सकेन किन

    दिलभित्र भरिभराउ प्यार भएर पनि।

     

    ४.

    मनमा भएका अनेकन चाहनाहरूले

    कुन्नि कता डोर्‍याउँछन् कल्पनाहरूले

    तिमीलाई मात्रै सामुन्ने देख्न खोजेर

    आफैँलाई झुक्याउँछन् भावनाहरूले।

सुष्मा खड्का

स्रष्टा खड्काको 'सिमल' उपन्यास प्रकाशित छ। उनी कविता, गजल, मुक्तक र आख्यान लेखनामा सक्रिय छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]