|

काठमाडौं : गायिका प्रमिला तामाङको स्वरमा रहेको “लाहुरेकी छोरी” बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। टिका भक्त जिरेलको शब्द रहेको गीतमा नारायण लामाको संगीत छ। गीतमा गायिका प्रमिला र नायक तथा मोडल दिक्पाल कार्कीले अभिनय गरेका छन्।

आफ्नो पछि लागेका दिक्पाललाई प्रमिलाले वास्ता नगरेको कथा भिडियोमा देखाइएको छ। क्रान्ति केसीको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्।

युट्युबमा रिलिज भएको छोटो समयमा नै “लाहुरेकी छोरी” लाई हेर्नेको संख्या साढे ४ लाख पुगिसकेको छ। युट्युबमा “लाहुरेकी छोरी” लाई दर्शक, स्रोताहरुले अत्याधिक मन पराएपछि गायिका प्रमिला चाँडै अर्को गीत पनि बजारमा ल्याउने तयारीमा छिन्।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.