प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

साहित्य

कागजको फिरफिरे (कविता)
SHARES

जेठ २०, २०७४

    तिम्री अामा 
    मजदुरको जुलुसमा हिँड्दा हिँड्दै 
    बूढो पाठेघरको थैलाेबाट 
    फ्यात्त 
    सडकमा झरेका थियौ तिमी 
    र पहिलो शब्द सुनेका थियौ- 
    मूर्दावाद ! 

    तिम्री अामासँग थिएन 
    पार्टीको झन्डा ! 
    त्यसैले कागजको फिरफिरे उडाउँदै 
    तिमी पनि कुद्न थाल्यौ
    दुखिया जुलुसको पछिपछि ! 

    अाज तिमी 
    सपना देख्नै नसक्ने गरी 
    बूढो भइसक्याै 
    तर अझै पनि तिम्रा हातहरूमा 
    घुमिरहेको छ- 
    कागजको फिरफिरे! 

    हे वृद्ध पितामह! 
    तिम्रा सन्तान दरसन्तानहरू पनि 
    अाफ्नाे जुनीभरि 
    घुमाइ नै रहनेछन् 
    कागजको फिरफिरे! 

    उनीहरू सडकमा टायर बाल्दै 
    जुनीभरि 
    एउटै राष्ट्रिय गीत गाइरहने छन्- 
    मूर्दावाद ! मूर्दावाद !! 

विप्लव ढकाल

प्राध्यापन पेसामा आवद्ध ढकाल नेपाली कविता, निबन्ध र समालोचनाका क्षेत्रमा स्थापित छन्। उनका 'चिताको ज्वाला' (लघुकाव्य), 'हिउँको यात्रा' (मुक्तकसङ्ग्रह), 'निर्जन बन्दरगाह', 'कालो मध्यान्तर' र 'च्याउको जङ्गल' (कवितासङ्ग्रह), 'प्रोफेसर शर्माको डायरी' (लामो कविता) र 'अन्तिम नायिका' (एकाङ्कीसङ्ग्रह) प्रकाशित छन्। ढकालले 'युवावर्ष मोती पुरस्कार'­, 'गरिमा सम्मान पुरस्कार'­, 'प्रतिभा पुरस्कार, बेलायत' आदि दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]