|

  • रमेश रावल 

कालिकोट : स्थानीय तहको चुनाव नजिकिदैं गर्दा राजनीतिक दलहरुले जिल्लाका विभिन्न स्थानीय तहमा चुनावी तालमेल गरेका छन्। आफ्नो पक्षमा नतिजा ल्याउन स्थानीय तहमा दलहरु मिलेर अघि बढेका हुन्।

जिल्लाको रास्कोट नगरपालिकामा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल भएको छ। तालमेलपछि नेपाली कांग्रेसको भागमा प्रमुख र राप्रपाको मागमा उपप्रमुखको उम्मेदवार परेका छन्। राप्रपाबाट प्रमुख पदका उम्मेदवार रहेका कालिबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन् भने कांग्रेसबाट उपप्रमुख रहेकी भावना शाहीले उम्मेदवारी फिर्ता लिएकी छिन्।

समझारी अनुसार अब कांग्रेसका दानबहादुर बम प्रमुख र राप्रपाका हजा सुनार उपप्रमुखमा  चुनावी मैदानमा उत्रिने छन्।

कालिका गाउँपालिकामा माओवादी केन्द्र र मजदुर किसान

जिल्लाको कालिका गाउँपालिकामा माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीबीच तालमेल भएको छ। माओवादी केन्द्रबाट गोविन्द्र आचार्य गाउँपालिकाको अध्यक्षमा र मजदुर किसान पार्टीबाट उपाध्यक्षमा दिपेन्द्र शाही उम्मेदवार हुने माओवादी केन्द्र र मजदुर किसान पार्टीले समझदारी गरेका छन्।

महावै गाउँपालिकामा नेपाली कांग्रेस र एमाले

जिल्लाको महावै गाउँपालिकामा नेपाली कांग्रेस र एमालेले संयुक्त रुपमा चुनावी मैदानमा उत्रने तालमेल गरेका छन्। तालमेल अनुसार नेपाली कांग्रेसका नन्दबहादुर सिंह अध्यक्षमा र एमालेबाट मनराज शाही उपाध्यक्षमा चुनावी मैदानमा उत्रिने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.