|

वीरगञ्ज : पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ता र वीरगञ्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतबीच हात हालाहाल भएको छ। जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा रहेको डिभिजन कार्यालयमा शुक्रबार साँझ कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच कुटाकुट भएको हो। 

जनता आवास कार्यक्रमका विषयमा विवाद चर्किएपछि गुप्ता र गोइतबीच कुटाकुट भएको हो। जनता आवास कार्यक्रम पर्साको सदस्यसमेत रहेका गुप्ता जनता आवास कार्यक्रमको सूचना माग्न जाँदा विवाद भएको थियो। जनता आवास कार्यक्रमका लागि कार्यालय प्रमुख गोइतले करारमा ११ जना कर्मचारी नियुक्त गरेपछि यस विषयमा सूचना माग्न सांसद गुप्ताका प्रतिनिधि र कार्यक्रमका संयोजकसमेत रहेका पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्रबहादुर अमात्यका स्वकीय सचिव अवधेश साह शुक्रबार अपरान्ह डिभिजन कार्यालय पुगेका थिए।

तर कार्यालय प्रमुख गोइतले सूचना दिन आनाकानी गरेपछि सांसद गुप्ता आफै गोइतको कार्यकक्षमा पुगे। दुबै जनाबीच गालीगलौज भयो। सांसद गुप्ताले स्ट्याप्प प्याड र गोइतले मोवाइल प्रहार गरेपछि दुबैबीच कुटाकुट सुरु भयो। त्यसपछि सांसद गुप्तासँगै गएका कार्यकर्ताले गोइतलाई कुटपिट गर्दै घिसारेर नजिकै रहेको प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको कार्यकक्षमा लगेको प्रत्यक्षदर्शीले बताएका छन्। 

'म जस्तो माननीय जाँदा पनि उनले कुनै रेस्पोन्स नगरेपछि मैले किन यस्तो गरेको भनेर सोध्दा अचानक ममाथि मोवाइल प्रहार गरे त्यसपछि त्यहाँ रहेका केही साथीहरुले सामान्य हातपात गरिदिए' सांसद गुप्ताले भने 'अनि मैले उनलाज्ञ सीडीण साबकहाँ लिएर गएँ, सीडीओ साबले यसबारे छानबिन गरेर कारबाही गर्ने आश्वासन दिनुभएको छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.