|

जनकपुरधाम : ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। मृत्यु हु्नेमा धनुषा सपहीका ५५ वर्षका बैजनाथ साह रहेको प्रहरीले जनाएको छ।

शनिवार विहान ५ बजेको समयमा ढल्केवर तर्फबाट जनकपुर आउँदै गरेको ना ७ ख २२६३ नम्बरको ट्रिपर बाटो काट्ने क्रममा सहालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटना पश्चात ट्रिपर र चालकलाई वडा प्रहरी कार्यालय मुजेलियाले नियन्त्रणमा लिएको छ। दुर्घटना पश्चात स्थानीयबासिन्दाले घटनाको विरोध गर्दै सडक अवरुद्ध गरेका छन्।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.