|

दमक : दोस्रो मिडिया कप– ५ किलोमिटर दौड प्रतियोगिताको उपाधि थाहाकर्मी चिरञ्जिबी घिमिरेले जितेका छन्। शनिबार बिहान भएको पुरुषतर्फको ५ किलोमिटर दौड उनले २२ मिनेट ४६ सेकेण्डमा पार गरेका हुन्। 

दमक रनले आयोजना गरेको प्रतियोगितामा घिमिरेले २४ जनालाई पछि पार्दै उपाधि हात पारेका हुन्। २४ मिनेट ११ सेकेण्डमा दूरी पार गर्दै स्टार एफएमका पदम खड्का दोस्रो भए।  प्रतियोगितामा उत्तम रिजाल तेस्राे भए। उनले निर्धारित दूरी २७ मिनेटमा पार गरे । तीनै जनाले डीटीएस ब्राण्डको मोबाइल प्राप्त गरे।

यस्तै महिलातर्फको ३ किलोमिटर दौड प्रतियोगिताको उपाधि रेडियो झापाकी नविना थापाले जितिन्। उनले १६ मिनेट १८ सेकेण्डमा निर्धारित दूरी पार गरिन्। रेडियो झापाकै रञ्जु निरौला दोश्रो भइन्। उनले  १६ मिनेट ४० सेकेण्डमा दूरी पार गरिन्। यस्तै १७ मिनेटमा दूरी पार गर्दै हिमशिखर टेलिभिजनकी गीता ढुंगाना तेस्रो भइन्। प्रतियोगितामा प्रथम, दाश्रो र तेश्रो हुनेले क्रमश ३ हजार, २ हजार र १ हजार प्राप्त गरे।

 दमक रनले प्रत्येक शनिबार दमकमा दौड प्रतियोगिता गर्दै आएको छ । ७२ औं हप्ताअन्तर्गत यो दोस्रो मिडिया हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.