|

राजविराज : नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्षमा जितेन्द्र खड्गा विजयी भएका छन्। शुक्रबार साँझ अबेर सम्पन्न मतगणना परिणामनुसार खड्गाले ५४ र उनका निकटतम प्रतिद्वन्द्वी श्रवणकुमार देवले ३२ मत प्राप्त गरे। समितिका उपाध्यक्षमा श्यामसुन्दर यादव विजयी भएका छन्।

सचिवमा जितेन्द्रकुमार झा ‘जितु’, राजु विश्वकर्मा र दिनेश शर्मा तथा सहसचिव (खुला) तर्फ चन्दनकुमार यादव र समावेशी सहसचिवमा डम्बर राई विजयी भएका छन्। कार्यसमितिका कोषाध्यक्षमा शुभचन्द्र झा तथा सदस्यमा विन्दुकुमार यादव, भूषणकुमार सिंह, कृष्णदेव यादव, गङ्गाप्रसाद साह र वृजमान तामाङ चुनिएका छन्।

त्यस्तै केन्द्रीय पार्शदमा मुरलीप्रसाद यादव, अवधेशकुमार झा, भोलाकुमार पासवान, देवराम यादव, गणेशलाल देव, शैलेन्द्रमोहन झा, अनिलकुमार अनल र व्यासशङ्कर उपाध्याय तथा प्रदेश पार्षद्मा राजेशकुमार झा, मिथिलेश यादव, सुमन मिश्र, नवीन गुप्ता, महेन्द्रप्रसाद मण्डल, महेश्वर भारती, पवनकुमार मिश्र, वैद्यनाथ यादव, शिवनारायण साह, मनोजकुमार माझी, देवेन्द्र मिश्र, रश्मि झा र भोलारमण उप्रेती विजयी भएका छन्।

महिला उपाध्यक्षमा सुधा देव, महिला सदस्यमा रक्षा चौधरी र सदस्य (जनजाति)तर्फ भूपेन्द्रकुमार मण्डल तथा केन्द्रीय पार्षदमा माला कर्ण र ढमला भट्टराई निर्विरोध निर्वाचित भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • som

    सचिवमा जितेन्द्रकुमार झा ‘जितु’, राजु विश्वकर्मा र दिनेश शर्मा तीन जना पो निर्वाचित । यस्तो पनि हुन्छ र