|

टर्कीका न्यायाधीश र सरकारी वकिल गरी १०७ जनालाई निलम्बन गरिएको छ।

गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सिह्न्वाले लेखेको छ।

टर्कीको न्यायाधीश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको हो।

सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी विदामा रहेको बेला 'कू' को प्रयास भएको थियो। जुन प्रयास असफल भएको थियो। 'कू' को प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो।

एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल कूको प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट यसअघि नै बर्खास्त गरेका थियो। पत्रकार, उच्चस्तरीय व्यापारीलयागत हजारौंलाई पक्राउ गरिएको थियो।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)को संलग्नता रहेका आरोप लागेको थियो।

अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल 'कू' को प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए।

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.