|

काठमाडौं : हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लूज'को टिजर रिलिज भएको छ। टिजरमा आशिरमान देशराज जोशी, आना शर्मास, संयम पुरी र रोजिशा शाही ठकुरी देखिएका छन्। टिजरमा आशिरमान आनामा ग्याङस्टर लुक्समा देखिएका छन्।

आशिरमानको यो पहिलो फिल्म हो। फिल्म निर्माणको घोषणा भएदेखि नै चर्चामा रहेका उनी टिजरमा बोल्ड देखिएका छन्। भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो।

रिलिजको केही घण्टामै युट्युवमा टिजरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ। फिल्म शैलेन्द्र डि कार्कीले खिचेका हुन्। 'ग्याङ्गस्टर ब्लूज'मा कालिप्रसाद बाँस्कोटाको संगीत छ। फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.