|

काठमाडौं : 'लेडिज एण्ड जेन्टलमेन' अंग्रेजीको यो भनाइले महिलालाई अग्रस्थानमा देखाउँछ। देशको वर्तमान अवस्था नियाल्दा पनि विभिन्न निकायमा महिलाको नेतृत्व छ। राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश पदमा महिला छन्।

तर, स्थानीय तहको चुनावमा प्रमुख पदमा उम्मेदवारी दिने महिलाको संख्या भने निराशाजनक देखिन्छ। प्रमुख राजनीतिक दलले अधिकांश नगर तथा गाउँपालिकामा प्रमुखमा पुरुषलाई नै उम्मेदवार बनाएका छन्। २ सय ८३ स्थानीय तह प्रमुख पदका लागि ३८ जना महिला मात्रै चुनावी मैदानमा छन्। 

कानुनले ३३ प्रतिशत महिला आरक्षण सुनिश्चित गरेको छ। स्थानीय निर्वाचन ऐनको दफा (४) उपदफा (१) मा उम्मेदवारी मनोनयनपत्र पेस गर्दा गाउँ/नगरपालिका प्रमुख/उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमा ५० प्रतिशत महिला हुनुपर्ने प्रावधान छ। तर, करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा भने यो प्रावधान कार्यान्वयन उत्साहजनक भएको पाइएन।

उम्मेदवारको नामावली अनुसार स्थानीय तह प्रमुख पदमा विभिन्न राजनीतिक दलबाट ३८ जना महिला चुनावी प्रतिस्पर्धामा छन्। प्रमुख पदमा महिला उम्मेदवार उठाउनेमा माओवादी केन्द्र अगाडि छ। उसले १४ महिलालाई प्रमुख तथा अध्यक्षको उम्मेदवार बनाएको छ। त्यसैगरी एमालेले ८, कांग्रेसले ७, राप्रपाले ६, परिवार दलले १, विवेकशील पार्टीले १ र नेमकिपाले १ जनालाई प्रमुख पदमा उम्मेदवार बनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.