|

काठमाडौं : बिरामी कलाकार दीपक क्षेत्रीको सहयोगार्थ शनिबार काँडाघारी संयुक्त युवा क्लब र बक्स अफिस फिल्मी क्लबको आयोजनामा कलाकार र समाजसेवी तथा वुद्धिजीविबीच मैत्रीपूर्ण फुटबल खेल सञ्चालन भएको छ। उक्त खेलबाट कलाकार क्षेत्रीलाई एक बर्षको लागि पुग्ने रासन सहितको सहयोग जुटेको छ।

खेलाडी र समाजसेवीहरुबाट सहयोग जुटाइएको थियो। खेल हेर्न बिरामी कलाकार दीपक क्षेत्री पनि उपस्थित थिए। मैत्रीपूर्ण फुटबल खेलाका संयोजक रञ्जित कोइरालाले बिरामी कलाकार दीपक क्षेत्रीलाई सहयोग गर्न पाउँदा निकै खुशी भएको र आगामी दिनमा पनि सकेसम्म सहयोग गर्न तयार रहेको उनले बताए। त्यस्तै बक्स अफिस फिल्मी क्लबका अध्यक्ष तथा खेल आयोजक आरके सुवेदीले पनि यो राम्रो काममा साथ दिने कलाकार तथा बुद्धिजिवी समाजसेवीलाई धन्यवाद दिए।

मैत्रीपुर्ण खेलमा कलाकारले ३-० को जित हासिल गरेका थिए। कलाकारका तर्फबाट नृत्य निर्देशक शंकर बिसीले दुई गोल र कलाकार आकाश बाबु खवासले एक गोल गरे।  

मैत्रीपूर्ण खेलमा कलाकारको टिममा नायिका पूजा शर्मा, शुभेच्छा थापा, नायक पल शाह,  सलोन बस्नेत, जयकिशन बस्नेत, धिरेन शाक्य, करन श्रेष्ठ क्रेजी, महादेव त्रिपाठी, दिपेन शाह, किशोर भण्डारी, केदार घिमिरे (माग्ने बुढा), एन बि महर्जन, शितल केसी, लगायात थिए। 

खेलमा विजय हुने टिम लाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले प्रमाणपत्र, मेडल सहितको पुरस्कार प्रदान गरे। त्यस्तै राईले कलकारका टिम कप्तान नायक धिरेन शाक्यलाई शिल्ड पनि प्रदान गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.