|

काठमाडौँ: युवागायक विमल पराजुली पहिलो एकल एल्बम 'फिरिरी' लिएर आएका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल संगीत-नाट्य प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्तले उक्त एल्बम विमोचन गरेका हुन्।

कार्यक्रममा गायक विमलको संगीतकारिताबारे बोल्दै संगीतकार एवं गायक हरि लम्सालले विमलमा गीतका साथै गजलगायनको पनि राम्रो संभावना भएको बताए। गजलकार एवं समालोचक प्रभाती किरणले विमलको गीत/गजलगायनमा निखार आइरहेको उल्लेख गर्दै उनको बहुआयामिक व्यक्तित्वबारे चर्चा गरे। कवि एवं समालोचक डा. देवी नेपाल, संगीतकार राजु सिंह, गजलकार सरोज घिमिरे, अनाममण्डलीका अध्यक्ष रूपक अलंकारलगायतले गायक पराजुलीको सफल सांगीतिक यात्राको कामना गरे।

कार्यक्रममा विमलले केही गीत प्रत्यक्ष गाएका थिए भने एउटा गीतको म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो। एल्बममा प्रकट पँगेनी शिव, विजयराज पौडेल, रमेश सुवेदी, जय गौडेललगायतका शब्द रहेका छन् भने संगीत र स्वर विमलको आफ्नै।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.