|

काठमाडौं : सूचना तथा सञ्चार मन्त्रालयले यसवर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार र वरिष्ठ पत्रकार सम्मान पाउने व्यक्तिहरुलाई सम्मान र पुरस्कृत गरेको छ।

आइतबार अपरान्ह मन्त्रालयमा विशेष कार्यक्रमकाबीच बरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकार पुरस्कार पाउने व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गरिएको हो। मदनमणि दीक्षित, नारायणप्रसाद शर्मा, कृष्णा ताम्राकार र विश्वबन्धु भण्डारी वरिष्ठ पत्रकार सम्मानबाट सम्मानित भएका छन्। उनीहरुले जनही २ लाख रुपैयाँ पाएका छन्।

त्यसैगरी राष्ट्रिय पत्रकारिता पुरस्कार पाउनेमा गजेन्द्र बुढाथोकी, सिराज खान, शिवबहादुर कार्की र गणशेखर शर्मा छन्। यो पुरस्कारको राशी पनि जनही २ लाख रुपैयाँ छ। यसअघि एक वा दुईजनाले पाउने गरेको राष्ट्रिय पत्रकारिता पुरस्कार यसपटक चारजनालाई दिइएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.