|

काठमाडौँ: पुराना पत्रकार तथा लेखक रेशम विरहीले 'प्रेमदासको डायरी' उपन्यास बजारमा ल्याएका छन्। नेपालको विशेषगरी राजनीतिक घटनाक्रममा आधारित रहेर लेखिएको उक्त उपन्यासमाथि शनिबार राजधानीमा अन्तर्क्रिया गरियो। 

अन्तर्क्रियामा सहभागी साहित्यकार एवं पत्रकार नारायण ढकालले इतिहासका गङ्गभीर विषयलाई उक्त उपन्यासको विषय बनाइएको बताए। अर्का पत्रकार एवं लेखक नारायण वाग्लेले माअोवादी युद्ध, पञ्चायतविराेधी आन्दोलनको बारेमा समेत उपन्यासमा चर्चा गरिएको बताए। कवि श्यामलले दमित इतिहास उपन्यासमार्फत् लेखिएको बताए।

लेखक विरहीले सबैजसो राजनीतिक दलमा गेरु बस्त्र लगाएर जोगीका भेषमा हिँडिरहेका पात्र भेटिने गरेको बताउँदै तिनै पात्रलाई आफूले उपन्यासमार्फत् बाहिर ल्याउन प्रयास गरेको दाबी गरे।

विरहीको यो आठौँ पुस्तक हो भने पहिलो उपन्यास हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.