|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकको पक्षमा दुईतिहाइ जुटाउन राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई वर्तमान सरकारमा ल्याउन पहल गरेका छन्।

थापाले पाँच दिनअघिमात्रै उपप्रधानमन्त्रीबाट राजीनामा दिएर उनको पार्टीले सरकार छाडेको हो। प्रधानमन्त्रीले आइतबार थापा र गच्छदारसँग छुट्टाछुट्टै कुराकानी गरी सरकारमा आउन आग्रह गरेको स्रोतको भनाइ छ। उनले शनिबार पनि गच्छदारसँग भेट गरेका थिए। 

स्रोतका अनुसार सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्नुअघि नै प्रधानमन्त्रीले गच्छदार र थापालाई सरकारमा ल्याउन पहल गरेका छन्।

जेठ पहिलो साता सरकारको नेतृत्व कांग्रेसलाई सुम्पिने माओवादी नेताहरुले बताएका छन्। बालुवाटार स्रोतका अनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्नुअघि नै संविधान संशोधन विधेयक पारित गराउने प्रधानमन्त्रीको सोच छ। 'त्यसैले उनले थापा र गच्छदारलाई सरकारमा ल्याउन पहल गरेका हुन्, स्रोतले भन्यो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.