|

काठमाडौं : आगामी आइतबार हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रत्येक मतदान केन्द्रको सुरक्षामा सानो हतियार (पेस्तोल) सहित प्रहरी निरीक्षकको कमाण्डमा कम्तीमा २८ जना प्रहरी खटिने भएका छन्।

मतदान केन्द्रको सुरक्षामा जोखिम बढे अनुमति नलिई गोली चलाउन सक्ने अधिकारसहित गृहमन्त्रालयले मतदान केन्द्रको सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।

पहिलो चरणको निर्वाचन हुने ३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका दुई सय ८३  स्थानीय तहका लागि निर्वाचन आयोगले १८ हजार बुथ तय गरेको छ। यी प्रत्येक बुथमा म्यादी, प्रहरी, सशस्त्र र सेनाले सुरक्षा दिनेछन्।

केन्द्रीय सुरक्षा समिितिले निर्वाचन हुने तहलाई अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन तहमा विभाजन गरेको छ। यही विभाजनअनुसार कुन क्षेत्रमा कति सुरक्षाकर्मी खटाउने भन्ने निर्क्यौल गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.