|

काठमाडौं : विद्युत् प्राधिकरणले भारतमा ३८ भारतीय रुपैयाँ (६० रुपैयाँ ८० पैसा) पर्ने ९ वाटको एलईडी बल्ब ६५ भारु(१०४ नेरु) मा खरिद गर्न लागेको खुलेको छ। सार्वजनिक खरिद ऐनविपरीत विनाप्रतिस्पर्धा प्राधिकरणले भारतीय कम्पनीसित कम मूल्यका बल्ब डेढीभन्दा बढी भाउमा खरिद गर्न लागेको हो।

प्राधिरणले भारतीय कम्पनी इनर्जी इफिसियन्सी सर्भिसेज लिमिटेड (ईईएसएल) सित २ अर्ब ८ करोड रुपैयाँमा २ करोड थान बल्ब खरिद गर्ने पक्रिया अघि बढाएको छ। उर्जा मन्त्रालय र विद्युत् प्राधिकरणका उच्च अधिकारीहरूले ठूलो आर्थिक चलखेल गर्न ३८ भारुको बल्ब ६५ भारुमा खरिद गर्न लागेको जानकारी स्रोतले दिएको छ।

सिंहदरबारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उर्जा मन्त्रालय र प्राधिकरणका अधिकारीले ईईएलएलसित १ सय ४ रुपैयाँ दरमा २ करोड थान एलईडी खरिद गर्न लागिएको जानकारी दिए। ईईएसएलले ९ वाटका एलईडी बल्ब उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा गराई ३८ भारुमा खरिद गरी भारतीयलाई बिक्री गर्दै आएको छ।

भारतीय पत्रिका ‘दि इकोनोमिक टाइम्स’ ले सन् २०१६ को सेप्टेम्बर १५ मा ईईएसएलले ९ वाट क्षमताका एलईडी बल्ब उत्पादक कम्पनीहरूसँग ३८ भारुमा खरिद गरेर बिक्री गर्ने गरेको समाचार प्रकाशन गरेको छ। त्यसअघि ईईएसएलले उत्पादक कम्पनीहरूसँग ५५ भारुमा ९ वाटका एलईडी खरिद गर्दै आएको थियो। 
उत्पादक कम्पनीहरूबीचको प्रतिस्पर्धाले भाउ घटेका कारण ३८ भारुमा ९ वाटका एलईडी बल्ब खरिद गरी आमनागरिकलाई बिक्री गरेको समाचारमा उल्लेख छ।

पछिल्लो समयमा उत्पादक कम्पनीहरूबीच प्रतिस्पर्धा बढेर एलईडी बल्बको मूल्य अझ घटेको जानकारी उच्च स्रोतले बतायो। ईईएसएल एलईडी बल्ब भारतीय नागरिकलाई बिक्री गर्ने भारतीय सरकारको निकाय हो। मन्त्रिपरिषद् बैठकले प्राधिकरणलाई विनाप्रतिस्पर्धा ईईएसएलसँग ६५ भारु दरमा २ करोड थान एलईडी बल्ब खरिद गर्न सैद्धान्तिक सहमति दिइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • तेरिमा पत्रकार

  • २ अर्बको बल्ब खरिद प्रति गोटा १०४ रूपैया नेपालीका दरले खरिद गर्दा जम्मा १९ करोड २२ लाख ७ सय ६९ थान सिएफएल चिम खरिद हुनेछन । सार्वजनिक भएको समाचार अनुसार प्रति थान सिएफएल ४३ रूपैया २० पैसा अपचलन गर्दा कुल ८३ करोड ७६ लाख ९२ हजार ३० रूपैया कमिसन खान खोज्नेलाई जनार्दन शर्मा र कुलमान घिसिङ भनिन्छ । #उक्त कमिसनको रकमले ६ मेगावाटको बिधुत आयोजना निर्माण गर्न सकिन्छ ।