|

काठमाडौं : प्रथम दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता सुरु भएको छ। नेपाल योग खेलकुद संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशको सहभागिता रहेको छ।

प्रतियोगितामा ८ देखि १०, १० देखि १४, १४ देखि १८ र १८ देखि ३५ वर्षसम्मको समूह छुट्याई प्रतिस्पर्धा भइरहेकाे संघका अध्यक्ष प्रा.डा. सूर्यबहादुर कार्कीले जानकारी दिएका छन्।खेलकुद परिषदमा दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा नेपालका तर्फबाट ७६ जना भारतबाट ७० बाङगलादेशबाट १७ र पाकिस्तानबाट ७ जनाले सहभागिता जनाएका छन्।

अाइतबार प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सरकारले योगलाई खेलकुदसँग जोड्ने योजना बनाइरहेको बताए। युवा तथा खेलकुदमन्त्री मन्त्रालयका सचिव महेशप्रसाद दाहालले योगले व्यक्तिलाई आत्मनुशासनमा बाँध्ने धारणा राखे।

इण्डियन योगा स्पोर्टस् फेडरेसनका वरिष्ठ उपसभापति सुरजपाल सिंह तथा उपसभापति सुरेन्द्रसिंह चौहानले योगाले नेपाल र भारतबीचको मैत्री सम्बन्धलाई जनस्तरमा प्रगाढ बनाएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.