|

जुम्ला : नयाँ शक्ति पार्टीबाट चन्दननाथ नगरपालिकामा प्रमुखको उम्मेदवारी दिएका दानबहादुर महतले विजयी भएको खण्डमा सरकारले दिएको सेवा-सुविधा नलिने घोषणा गरेका छन्।

उनले एक प्रेस विज्ञप्ति जारी गरी यो घोषणा गरेका हुन्। ]प्रमुखमा विजयी भएपछि सरकारले दिएको तलब अन्य सेवा सुविधा केही लिनेछैन।  पाएको सबै सेवा सुविधा यहाँका बेरोजगारी युवा, असाहय, अपाङ्ग, दलित, महिला पिछाडिएका वर्गका लागि खर्च गर्नेछु,' उनले भने।

उनले आफू विजयी भएमा भ्रष्टाचारी, लुटेरा र दलाल विरुद्ध अभियान थाल्ने बताएका छन्। पारदर्शी र प्रगतिशील समाज निर्माण गर्ने अवसर दिनका लागि उनले आफूलाई मत दिएर विजय गराउन अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.