|

लमजुङ : बेसीशहर नगरपालिका वडा नं. ९ बिम्दा भीरकटेरीमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा बन्दुकसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

आइतबार राती एक बजे चुनाव केन्द्रित सुरक्षा योजना अन्तर्गत ‘सर्च अप्रेसन’ का क्रममा २४ वर्षे मनोज विक र १९ वर्षका प्रदीप विक हतियारसहित पक्राउ परेका हुन्। प्रहरीका अनुसार उनीहरु सहोदर दाजुभाइ हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बनाएर तयार पारिएको  १ तथा बन्दुक तथा बनाउँदै गरेको १ थान बन्दुक बरामद गरिएको जानकारी दिए।

आरन सञ्चालन गर्दै आएको ठाउँमा बन्दुक बनाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेकाले बाँदर धपाउन बन्दुक बनाएको बयान प्रहरी समक्ष दिएका छन्। उनीहरुलाई हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक खरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.