काठमाडौं : सिस्नुपानी नेपालले हरेक तिहारमा जस्तै यसवर्ष पनि देउसी भैलो खेलेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको आयोजनामा आइतबार प्रज्ञा प्रतिष्ठानक...
काठमाडौं : सुशिल श्रेष्ठ र वर्षा सिवाकोटी अभिनित फिल्म 'कारखाना' को ट्रेलर सर्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निर्माण पक्षले ट्रेलर सर्वजनिक गरिएको हो। ट्रेलरमा सुशिलको एक्सन र प्रेमील अवतार देख्न सकिन्छ।
'ट्रेलर सार्वजनिक' कार्यक्रममा निर्देशक अमरदीप सापकोटाले आफुले केही फरक विषयवस्तुमा काम गरेकाले दर्शकले फिल्मलाई मन पराउनेमा ढुक्क रहेको बताए। कार्यक्रममा फिल्मका मुख्य नायक सुशिल श्रेष्ठ भने उपस्थित थिएनन्। फिल्ममा सुशिल र वर्षासँगै जेबिका कार्की, नवीन लम्साल, विकास उप्रेती, सुपि थापा लगायतको अभिनय छ।
फिल्ममा हर्कुलस बस्नेत, अनिल शाही, कल्यान सिं को संगीत छ। कविराज गहतराजले नृत्य निर्देशन गरेका छन्। जेठ १६ गतेबाट प्रर्दशनमा आउने यस फिल्मलाई सुदिप खड्का र अमर बज्रचार्यले निर्माण गरेका हुन्।
हेर्नुहोस् ट्रेलर :
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।