|

उदयपुर : एक नम्बर प्रदेशको निर्वाचन जेठ ३१ पुगेपछि पहिलो चरणको निर्वाचनमा भएको चुनावी तालमेलको नजिताको पखाईमा उदयपुरका राजनीतिक दलहरु रहेका छन्। पहिलो चरणको निर्वाचनमा सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, प्रतिपक्ष नेकपा एमाले र राप्रपाबीच भएको चुनावी तालमेलको पखाईमा यहाँका राजनीतिक दलहरु रहेका छन्।

वैशाख ३१ कै मितिमा निर्वाचनको लागि तामझामका साथ जुटेका राजनीतिक दलहरु उदयपुरको जेठ ३१ मा हुने भएपछि सुस्ताएका थिए। कम्युनिष्ट र काङग्रेस, कम्युनिष्ट र राप्रपाबीच काठमाडौंसहितका महानगरपालिकामा भएको चुनावी तालमेललाई उदयपुरमा चासो पूर्वक लिइएको छ।

यहाँका दलहरुले आन्तरिक रुपमा उम्मेदवारीको टुङगो लगाउँदै मतदातासँग व्यक्तिगत रुपमा बाक्लो भेटघाट छाडेका छैनन्। सम्भावित उम्मेदवारहरु मतदाताको नियमित सम्पर्कमा नै रहेका छन्।

आन्तरिक छलफलमा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र उदयपुरले वैशाख ३१ गतेबाट सरेर जेठ ३१ मा हुने गते हुने भएपछि वडाबाट उम्मेदवारी सिफारिस जिल्लामा ल्याउने कार्यमा जुटेको छ। जिल्लाको ८ वटै स्थानीय तहमा प्रमुख, उप प्रमुख, वडा अध्यक्ष तथा सदस्यहरुको उम्मेदवारीको समानुपातिक सिद्धान्तमा रहेको जिल्ला कार्यालय कार्यालय ल्याउन जुटेको हो।

माओवादी केन्द्र उदयपुरका संयोजक विनोद कटुवाल दिवशले गाउँपालिका र नगरपालिकाका वडाबाट सम्पूर्ण उम्मेदवारीको सिफारिस जिल्ला पार्टी कार्यालयमा ल्याउने कार्य भइरहेको बताए। ‘हामीले गाँउपालिका तथा नगरपालिकाकाबाट आएका सिफारिसको आधारमा स्वच्छ छवि भएको उम्मेदवार छान्ने हो,’ कटुवालले भने, ‘वैशाख ३१ को चुनाव जेठ ३१ नपुगेको भए अहिले उम्मेदवारी घोषणा गर्ने थियौं।’ चुनाव सरेकाले वडा पार्टीको सिफारिस गापा तथा नपाको सिफारिस जिल्ला पार्टीमा ल्याएर छलफल गर्ने तयारी भइरहेको कटुवालको भनाइ छ।

स्थानीय तहको चुनावी घोषणा पत्र बनाउने, सम्भावित उम्मेदवारलाई मतदातासमक्ष पठाउने काममा माओवादी केन्द्र जुटेको छ। संयोजक कटुवालले तालमेल गर्ने कुरा सकारात्मक रुपमा आए छलफल हुने बताए। ‘माथिबाट तालमेलको कुरा आउँदा पनि तल छलफल नभइकन नटुङ्गिने छैन,’ कटुवालले भने, ‘काङग्रे वा एमालेसँग हुन्छ भन्ने कुनै ग्यारेण्टी छैन।'

शक्ति प्रर्दशनमा एमाले

गएको शनिबार मात्रै निर्वाचनलाई लक्षित गरी नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल उदयपुरले शनिबार सदरमुकाम गाईघाटमा शक्ति प्रर्दशन गर्‍यो। एमाले उदयपुरका जिल्ला सचिव प्रमेश घिमिरेका अनुसार अहिले ८ वटै स्थानीय तहका महिला, मजदुर, दलित, किसान लगायतको जनवर्गिय संठगनको शक्ति प्रर्दशन भईरहेको बताए। ‘विभिन्न जातजातिका कला संस्कृति, झाँकी, बाजागाँजासहित जुलुस प्रदर्शन गरिरहेका छौं,’ सचिव घिमिरेले भने, ‘पार्टीका नीति, सिद्धान्त, चुनावी एजेण्डा, घोषणा पत्रलाई प्रचार प्रसारमा जुटको छौं।’

पहिलो चरणको निर्वाचनमा भएका चुनावी तालमेललाई हेरेर मात्र भावि योजना बनाउन एमाले लाग्ने पनि घिमिरेले बताए। ‘हामी पर्खर हेर अभियानमा छौं,’ उनले भने, ‘अन्य पार्टीको चुनावी तालमेलको बारेमा मलाई थाहा छैन, हाम्रो राप्रपासँग भएको तालमेल आवाश्यकताको वोध हो।’ उदयपुरमा भने तालमेलको हकमा एमाले पहिलो चरणको निर्वाचनलाई हेरेर मात्र अघि बढ्ने घिमिरेले बताए।

भेटघाटमा नेपाली काङ्ग्रेस

जिल्ला स्तरीय प्रचार प्रसार समिति निर्माण गरेर अघि बढेको नेपाली काङग्रेस उदयपुर गाँउ गाँउमा भेटघाट, चियापानमा जुटेको छ। काङ्ग्रेस उदयपुरका प्रचार प्रसार विभागका प्रमुख तथा पूर्व जिल्ला सचिव मदनराज कटुवालका अनुसार संगठनलाई चलाएमान बनाउँदै प्रचार प्रसार समिति गठनलाई तिब्रता दिइएको छ। ‘केन्द्रबाटै निर्वाचन हुने नहुने कुनै ग्यारेण्टी गर्न सकिने वातावरण छैन,’ उनले भने, ‘सम्भावित उम्मेदवारहरु मतदाताको घरमा घरमा पुग्ने कार्यक्रम छ भने, ८ वटै स्थानीय तहको वडाहरुको टोल टोलमा प्रचार प्रसार समिति बनाउने काम भइरहेको छ।’

काङ्ग्रेसका जिल्ला नेताहरु अधिकांश काठमाडौं पुगेका छन्। ‘सत्ता पक्ष पार्टी भएकाले उदयपुरमा पनि काङ्ग्रेस र माओवादी केन्द्रको चुनावी तालमेल हुन जरुरी छ', कटुवालले भने, ‘अन्य जिल्लामा काङ्ग्रेस र माओवादी केन्द्रले तालमेल गर्न हुने उदयपुरका किन नहुने?’ कटुवालले काङ्ग्रेस उदयपुर सकेसम्म तालमेलको खोजीमा रहेको जानकारी दिए।

अन्य दल पनि जुटे निर्वाचनमा

केन्द्रमा दुई चरणमा निर्वाचन हुने सहमति भएपछि निर्वाचनमा भाग लिएको मधेसी मोर्चासँग आवद्ध दलहरु पनि अहिले निर्वाचनमा जुटेका छन। नयाँ शक्ति र संघीय समाजवादी एक भएर निर्वाचनमा जुट्ने भएपछि उदयपुरमा पनि संयुक्त रुपमा चुनाव प्रसारमा जुटेको छ। चौदण्डी नगरपालिकामा स्वतन्त्र रुपमा प्रमुखको उम्मेदवार घोषणा गरेका राजेश खतिवडा पनि घर दैलोमा जुटेको बताउँदै आएका छन्। नेकपा क्रान्तिकारी माओवादी पनि निर्वाचनमा जुटेको छ।

  अघिल्लो समाचार

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.