|
सांकेतिक फोटो

रुपन्देही : रुपन्देहीको सालझन्डीमा एक युवकको हत्या भएको छ। सैनामैना नगरपालिका ११ सालझन्डी स्थित जंगलमा सोमबार बुटवल १२ ढवाह बस्ने २५ बर्षीय दामोदर केसीको शव फेला परेको हो। 

मुखमा पट्टी लगाई दुवै खुट्टा बाँधेर रुखमा झुन्ड्याएको अवस्थामा दिउँसो शव भेटिएको प्रहरीले जनाएको छ। गुल्मी बलेटक्सार स्थायी घर भई रुपन्देहीकै फर्साटिकर स्थित टेन्सवर्ग वियरमा बजार प्रतिनिधिको रुपमा कार्यरत केसी आइतबारदेखि सम्पर्कविहीन थिए।

आइतबार विहान कार्यालय हिँडेका उनी साँझ बुटवलमा साथीहरुसँग भेट भएपछि घर नफर्केको आफन्तले बताएका छन्। आफन्तहरुले केसीको हत्या भएको भन्दै घटनाको छानविन गर्न प्रहरी समक्ष आग्रह गरेका छन्।

घटनाको प्रकृति रहस्मय भएकाले अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए। शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पोष्टमार्टमका लागि राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.