|

मोरङ : मोरङ व्यापार संघको ३१ औं कार्यकारिणी समितिको लागि आइतबार भएको निर्वाचनबाट १९ जना सदस्य निर्वाचित भएका छन्।संघको इतिहासमा पहिलो पटक वर्तमान अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले दुई प्यानल बनाएर मैदानमा उत्रिएकोमा सारडा प्यानलले जित हात पारेको छ। संघका १९ सदस्यमध्ये उद्योगतर्फका ८ र वाणिज्यतर्फका ८ जना सबै सारडा प्यानलका निर्वाचित भएका छन्। वस्तुगततर्फका २ जना भने राउत प्यानलका चुनिएका छन्।

कार्यसमितिमा उद्योगतर्फ अनिल सारडा (३५०),अनुपम राठी (५८७), दिपेश सुवेदी (३५०), देवाशिष गोल्छा (३३८), पवनकुमार सारडा (३५६), पवन राठी      (३४२), ललित बोहरा (३२६) र सुनिल टिवडेवाल (३३७) निर्वाचित भएका छन्।

यस्तै वाणिज्यतर्फ अनिलकुमार साह (९५५), नविन रिजाल (७८३) पीयूष तोदी (९८३), प्रकाश मुन्दडा (७८१), विकाशकुमार बेगवानी (९८१), मुकेशकुमार राठी (९७८), मनिषकुमार मारु (९७१) र सुशीलकुमार जोशी (९४७) निर्वाचित भए । बस्तुगततर्फ भने राजन श्रेष्ठ (८) र सुनिलकुमार विडला (५) निर्वाचित भएका छन्।

छिट्टै बोर्ड बैठक बस्ने

नवनिर्वाचित समितिको बोर्ड बैठक यही वैशाख महिनाभित्र बस्ने सारडाले बताए। उक्त बैठकबाटै समितिका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुईजना उपाध्यक्ष (वाणिज्य र उद्योग) तथा महासचिव र सचिवको जिम्मेवारी बाँडफाँड हुनेछ। स्रोतका अनुसार अध्यक्षमा पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्षमा प्रकाश मुन्दडा र महासचिवमा नवीन रिजाललाई चयन गरिनेछ। अन्य दुई उपाध्यक्ष र सचिवबारे भने छलफल भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.