मनोरञ्जन

प्रेम गीत-२ को दोस्रो गीत सार्वजनिक, नृत्यमा अब्बल देखिए प्रदिप
SHARES

बैशाख २५, २०७४

    काठमाडौं : साउन १३ गतेबाट प्रर्दशनमा आउन लागेको बहुप्रतिक्षित फिल्म 'प्रेम गीत-२' ले आफ्नो दोस्रो क्लब गीत सार्वजनिक गरेको छ। सार्वजनिक 'मोटरसाइकलमा' बोलको गीतमा इन्दिरा जोशी र प्रताप दासको स्वर छ।

    राजेश कुमार श्रेष्ठ र बबिनले रचना गरेको यस गीतमा , एलिस कार्कीले संगीत भरेका छन्। भिडियोमा रेनिशा वान्तवा राईको नृत्य निर्देशन छ।

    भिडियोमा नायक प्रदिप खड्काले नायिका स्वस्तिमा खड्कालाई बाईकमा बसेर घुम्न जान आग्रह गरेका छन्। फिल्मकी मुख्य नायिका आश्लेशा ठकुरी पनि भिडियोमा छिन्।

    फिल्म 'प्रेम गीत २' मा प्रदिप खड्का, नवनायिका आश्लेशा ठकुरी, शिशिर भण्डारी, श्रद्धा प्रसाई, कैलाश कट्वाल लगायतको अभिनय छ।  फिल्मलाई सन्तोष सेनले निर्माण गरेका हुन्।

    रामशरण पाठकले निर्देशन गरेको उक्त फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका छन्। यसअघि सार्वजनिक भएको फिल्म 'प्रेमगीत २' को शीर्ष गीत 'कहानी यो प्रेमगीत को' लाई पनि दर्शकहरुले अहिले खुबै मन पराइरहेका छन्। उक्त गीतलाई अहिलेसम्म १७ लाख ७९ हजार बढि पटक हेरिएको छ।

    हेर्नुहोस् क्लब गीत

     

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]