|

लमजुङ : जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई सफल पार्नका लागि चार नगरपालिका र चार गाउँपालिकामा  मोबाइल अधिकृत खटाइएकोे छ। नेपाल सरकारको निर्देशनअनुसार राजपत्र अंकित द्वितीय श्रेणीका कर्मचारीलाई मोवाइल अधिकृतको रुपमा तोकिएको हो।

जिल्लाको सदरमुकाम वेसीसहरमा रहेको बेसिसहर नगरपालिकामा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, सुन्दरबजार नगरपालिकामा जिल्ला शिक्षा अधिकारी खड्का बहादुर कमाल, मध्यनेपाल नगरपालिकामा वरिष्ठ पशु विकास अधिकृत लक्षमणबहादुर ढकाल, राइनस नगरपालिकामा वरिष्ठ कृषि विकास अधिकृत कृष्ण भद्र अधिकारी, दोर्दी गाउँपालिकामा जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर गौरीकुमार श्रेष्ठ,

मस्र्याङदी गाउँपालिकामा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इन्जिनियर जगरनाथ दास, क्होलासोथार गाउँपालिकामा  जल उत्पन्न प्रकोप न्यूनीकरण कार्यालयका प्रमुख विदुरमान श्रेष्ठ र दूधपोखरी गाउँपालिकामा जिल्ला भु–संरक्षण कार्यालयका प्रमुख हरिवंश आचार्यलाई खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले जानकारी दिए। मोवाइल अधिकृतले नगरपालिका र गाउँपालिकाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.