|

लमजुङ :  चुनावी प्रचारका क्रममा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। कांग्रेसका नेता-कार्यकर्ता बोकेको जिप सुन्दरबजार नगरपालिकास्थित गहतेबाट फर्कदै गर्दा दुर्घटनामा परेको हो।

ग १ झ ६१८७ नम्बरको जिप सडकबाट तल झर्दा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार जिप सडकबाट खसेर रुखमा अड्किएको थियो। दुर्घटनापछि ५ जनालाई एम्बुलेन्स मार्फत सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा ल्याइएको जानकारी प्रहरीले दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.