|

धनुषा :  सेवाग्राहीलाई कर्मचारीले कुटपीट गरेको भन्दै नयाँ शक्ति विद्यार्थी युनियनले यातायात कार्यालय जनकपुरमा तालाबन्दी गरेको छ। सोमबार यातायात कार्यालयका एक कर्मचारीले काम गरिदिने भन्दै कार्यालयको कोठामा बोलाएर सेवाग्राहीमाथि दुव्र्यवहार तथा कुटपीट गरेको नयाँ शक्ति विद्यार्थी युनियनको आरोप छ।

लाईसेन्सको आवश्यक कागजातसहित काम गराउन पुगेका सेवाग्राही घनश्याम झा र सुजित झालाई यातायात कार्यालयका कर्मचारीले कुटपीट गरेका कारण त्यसको विरोधमा तालाबन्दी गरिएको नयाँ शक्तिका विद्यार्थी युनिनयका जिल्ला अध्यक्ष सुरेन्द्र यादवले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.