|

काठमाडौं : अखिल नेपाल फुटबल संघले ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई सम्मान गरेको छ। बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा संघले महर्जनलाई सम्मान गरेको हो।

महर्जनले सन् २०१६ सेप्टेम्बरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिनमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गरेका थिए।महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले खेलको विकासले युवाहरूको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने बताए।

कार्यक्रममा युवा तथा खेलकुदमन्त्री दलिजत श्रीपाइली र अखिल नेपाल खेलकुद संघका प्रतिनिधि सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.